शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वर्गीय रबिन तमाङको सम्झनामा काठमाडौँमा साँगीतिक कार्यक्रम हुने

सोमबार, ०४ मङ्सिर २०८०, १९ : १६
सोमबार, ०४ मङ्सिर २०८०

काठमाडौँ । दिवंगत कलाकार, संगीतकार तथा गायक रबिन तामाङको सम्झनामा उनको व्याण्ड ‘रबिन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौँमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । व्याण्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलो सांगीतिक कार्यक्रम गर्न लागेको हो । 

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई)को प्रस्तुतिमा हुन लागेको कार्यक्रममा सांगीतिक व्याण्ड एक्सिसले पनि आफ्नो प्रस्तुति दिनेछ । दर्शकमाझ रबिनको सम्झना ताजा राख्न कार्यक्रमले मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ । 

व्याण्डले कार्यक्रममा आफ्ना चर्चित गीतहरु ‘मुस्कान’, ‘अधुरो प्रेम’, ‘मेरो प्रेम’, ‘सात समुन्द्र पारी’ र पछिल्लो रिलिज ‘पाइला’ सुनाउनेछ । रबिन एण्ड द न्यू रिभोल्युसनका सदस्यहरुसँग मिलेर अन्य गायकहरुले ‘नेपाल’, ‘भुलमा भुल्यो’, ‘केटाकेटी’, ‘दम मरु दम’, ‘चिसो चिसो’ र ‘जति माया लाए पनि’लगायतका गीत पनि सुनाउनेछन् । 

गायक रोबिनको गत जुलाई ४ मा निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप