स्वर्गीय रबिन तमाङको सम्झनामा काठमाडौँमा साँगीतिक कार्यक्रम हुने
काठमाडौँ । दिवंगत कलाकार, संगीतकार तथा गायक रबिन तामाङको सम्झनामा उनको व्याण्ड ‘रबिन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौँमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । व्याण्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलो सांगीतिक कार्यक्रम गर्न लागेको हो ।
पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई)को प्रस्तुतिमा हुन लागेको कार्यक्रममा सांगीतिक व्याण्ड एक्सिसले पनि आफ्नो प्रस्तुति दिनेछ । दर्शकमाझ रबिनको सम्झना ताजा राख्न कार्यक्रमले मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।
व्याण्डले कार्यक्रममा आफ्ना चर्चित गीतहरु ‘मुस्कान’, ‘अधुरो प्रेम’, ‘मेरो प्रेम’, ‘सात समुन्द्र पारी’ र पछिल्लो रिलिज ‘पाइला’ सुनाउनेछ । रबिन एण्ड द न्यू रिभोल्युसनका सदस्यहरुसँग मिलेर अन्य गायकहरुले ‘नेपाल’, ‘भुलमा भुल्यो’, ‘केटाकेटी’, ‘दम मरु दम’, ‘चिसो चिसो’ र ‘जति माया लाए पनि’लगायतका गीत पनि सुनाउनेछन् ।
गायक रोबिनको गत जुलाई ४ मा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण