भानु सप्लार्यसले तिर्यो दुई लाख जरिवाना

तनहुँ । म्याद गुज्रिएको मदिरा एवं पेयपदार्थ बिक्री गरेको पाइएपछि कारबाहीमा परेको तनहुँका एक व्यवसायीले आज रु दुई लाख जरिवाना बुझाएका छन् ।
व्यास नगरपालिका–३ फलफूल लाइनस्थित भानु सप्लार्यसका सञ्चालक श्रीराम खनालले जिल्ला प्रशासन कार्यालयमा सो रकम बुझाएका हुन् । जनगुनासा र उजुरी आएपछि सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेको नेतृत्वमा गएको टोलीले शनिबार उक्त पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा करिब छ महिना म्याद गुज्रिएका सात काटुन वियर एवं पेयपदार्थ फेला परेको सहायक प्रजिअ गैरेले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयमा चित्त नबुझे व्यवसायीले वाणिज्य विभाग काठमाडौँमा पुनरावेदन दिन सक्ने व्यवस्था रहे पनि तिर्नुपर्ने जरिवाना बुझाएर गएको गैरेले बताए । वाणिज्य विभागले बजार अनुगमन कार्यमा खटिने सहायक प्रमुख जिल्ला अधिकारीलाई ठाउँको ठाउँ कारबाही गर्न सक्नेसम्मको अधिकार प्रदान गरेको हुन्छ ।
कानुनी कारबाही नहुँदासम्म उक्त सप्लार्यसमा शिलबन्दी गर्न सहायक प्रजिअ गैरेले निर्देशन दिएकाले जरिवाना बुझाएपछि पुनः पसल खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धजन्मस्थलबाट सुरु भएको सम्मेलनले पार्टी बलियो बन्छ : देउवा
-
राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन दलबाट साझा उम्मेदवार, एमाले एक्लै लड्ने !
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
-
बैतडीमा किशोरी बलात्कृत
-
लागूऔषधसहित वीरगन्जमा २ जना पक्राउ
-
एमालेले सरकार छोडेपछि देशमा अस्थिरता र अराजकता फैलियो : ओली