धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
काठमाडौँ । धरहराबाट ६ महिनामा (वैशाख मसान्तसम्म) तीन करोड बढी रकम सङ्कलन भएको छ । धरहरा सञ्चालन इकाई कार्यालयका प्रमुख महेश राईले सर्वसाधारणले धरहरा प्रवेश गरेबापत तीन करोड ७३ लाख रुपैयाँ सङ्कलन भएको रातोपाटीलाई बताए ।
‘हालसम्म २ लाख ४ हजार जना धरहरामा चढ्दा उक्त रकम सङ्कलन भएको हो,’ राईले भने, ‘धरहरा प्रवेशमा मात्रै शुल्क लिइरहेका छौँ । सवारी पार्किङ निःशुल्क नै छ । अब केही समयपछि पार्किङमा पनि शुल्क लिने व्यवस्था हुन्छ ।’
मङ्सिर ९ गतेदेखि सरकारले सशुल्क टिकट लिएर धरहरा चढ्ने व्यवस्था गरेको छ । धरहरा चढ्ने विदेशी नागरिकका लागि प्रति व्यक्ति १००० रुपैयाँसम्म शुल्क तोकेको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १००० रुपैयाँ शुल्क तोकिएको छ।
यसैगरी नेपाली नागरिकका लागि प्रतिव्यक्ति २०० रुपैयाँ तोकेको छ । विद्यार्थी बालबालिका,अपाङ्ग र वृद्धालाई ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण