पार्टी निर्माणकै चरणमा छौँ, देशभर विस्तार हुन सकेको छैन : वरिष्ठ उपाध्यक्ष पाण्डे
सारांश
- नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले पार्टी निर्माणको चरणमै रहेको बताएका छन् ।
- उनले देशभर पार्टी विस्तार गर्ने र महिला नेतृत्वलाई सशक्त बनाउनुपर्नेमा जोड दिए।
- पाण्डेले पार्टी संगठनलाई सफल बनाउन नेताहरूबीचको असमझदारी हटाउनुपर्ने बताए।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आफूहरू पार्टी निर्माणको चरणमै रहेको बताएका छन् । शनिबार काठमाडौँमा अखिल नेपाल महिला सङ्घ (समाजवादी) को सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पाण्डेले नेकपा (एकीकृत समाजवादी) भर्खरै निर्माण गरेको पार्टी भएको बताउँदै देशभर बिस्तार गर्ने चरणमा रहेको बताएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पाण्डेले भने, ‘हामीले भर्खरै पार्टी निर्माण गरेका छौँ । हाम्रो पार्टी देशभर ७५३ वटा पालिका, सातै वटा प्रदेश, सबै ठाउँमा जुन तहको फैलावट हुनुपर्ने हो त्यो भइसकेको छैन । त्यसैले यतिबेला नेतृत्व निर्माण गर्ने बेलामा हामी विवाद गरेर, एक अर्कासँग झगडा गरेर, एक अर्काबिच असमझदारी सिर्जना गरेर गयौँ भने हामी यो सङ्गठनलाई पनि सफल बनाउन सक्दैनौँ ।’
उनले देश निर्माण महिलाहरूको भूमिका अविस्मरणीय रहेको उल्लेख गरे । महिला नेतृत्वलाई अझ बढी सशक्त बनाउने काममा लाग्नुपर्ने उनले बताए । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण