‘मदन भण्डारीको योगदानको समीक्षा र कम्युनिस्ट एकता अपरिहार्य’

समाचार सारांश
- वरिष्ठ नेता झलनाथ खनालले मदन भण्डारीको योगदानको समीक्षा आवश्यक रहेको बताए।
- उनले पार्टीको पाँचौँ महाधिवेशनमा नयाँ जनवादलाई हटाउनु गल्ती भएको र समाजवादी क्रान्तिको यात्रालाई अगाडि बढाउनुपर्ने धारणा राखे।
- खनालले कम्युनिस्ट पार्टीबीचको एकता र मदन भण्डारीको सपना साकार पार्न विचारको पुनर् समीक्षा, संगठानको पुनर्गठन र एकताको पुनर्निर्माण आवश्यक रहेको बताए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले मदन भण्डारीको योगदानको गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिएका छन् । शनिबार सो पार्टीले मदन–आश्रितको ३२ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेता खनालले पार्टीको पाँचौँ महाधिवेशनमा नयाँ जनवादलाई विमर्शबाट हटाउनु पार्टीको ठुलो गल्ती भएको स्पष्ट पारे । उनले भने, ‘नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सक्ने सम्भावना थियो, तर त्यो सम्भव भएन, अब समाजवादी क्रान्तिको यात्रालाई अगाडि बढाउनुको विकल्प छैन ।’
मदन भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानमाथि अहिलेसम्म गहिरो र आधिकारिक समीक्षा नभएको भन्दै उनले थपे, ‘उनको समग्र जीवन र कार्यदिशालाई मूल्याङ्कन नगरी उनको योगदानको सच्चा सम्मान सम्भव छैन ।’
नेता खनालले आजको नेपाली समाजको ठोस विश्लेषण गर्दै आजको प्रधान शत्रुको पहिचान गरी क्रान्तिको मार्ग स्पष्ट पार्नुपर्ने आवश्यकता औँल्याए । ‘कम्युनिस्ट पार्टीबिचको एकता अबको प्रमुख कार्यभार हो, एकीकृत पार्टी नबनेसम्म देशमा क्रान्ति सम्पन्न हुँदैन,’ उनले भने ।
कम्युनिस्ट आन्दोलनको पुनर्संरचना र रूपान्तरणको खाँचो औँल्याउँदै उनले भने, ‘मदन भण्डारीको सपना साकार पार्न र उनको योगदानको कदर गर्न अबको बाटो स्पष्ट छ — विचारको पुनर् समीक्षा, संगठानको पुनर्गठन र एकताको पुनर्निर्माण ।
नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) द्वारा आयोजित उक्त कार्यक्रममा अन्य नेताहरूले पनि मदन भण्डारीको आदर्श, सिद्धान्त र योगदानको चर्चा गर्दै समसामयिक राजनीतिक सन्दर्भमा उनको विचारको सान्दर्भिकताबारे धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट
-
‘रामा यादव स्मृति’ पत्रकारिता पुरस्कारबाट रातोपाटीकर्मी सहित २ जना सम्मानित
-
वीरगन्जमा जसपा नेपालको खबरदारी सभा,परिसंघको संघर्षका कार्यक्रम सार्वजनिक
-
रेशम चौधरीले जब आमासँग राजनीति छाड्ने प्रस्ताव राखे...!
-
फ्लिकले कसरी ‘फुच्चे केटाहरू’ को टोलीलाई च्याम्पियन बनाए ?
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल