बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत
मङ्गलबार, ०५ मङ्सिर २०८०, १३ : ००
बर्दिया । बर्दियामा एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । गेरुवा गाउँपालिका-६ सोनाहफाँट बस्ने ४० वर्षीय प्रकाश खवासलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
खवासले ती किशोरीलाई ललाई फकाई कात्तिक २८ गते राति सोही ठाउँस्थित खाली गोठमा तथा विभिन्न मिति र स्थानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मनाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण