युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
सारांश
- एक नयाँ अध्ययनले रुस-युक्रेन युद्धमा दुवै पक्षका सैनिकको कुल क्षति २० लाख नाघेको दाबी गरेको छ ।
- अध्ययनअनुसार रुसले करिब १४ लाख सैनिक गुमाएको छ, जुन दोस्रो विश्वयुद्धपछि अमेरिकाले लडेका सबै युद्धमा भएका अमेरिकी सैनिकको मृत्युभन्दा चार गुणा बढी हो ।
- युक्रेनतर्फ ५ लाख २५ हजारदेखि ६ लाख २५ हजारसम्म सैनिक हताहत भएको अनुमान गरिएको छ, जसमा १ लाख २५ हजारदेखि १ लाख ५० हजारको मृत्यु भएको हुन सक्ने बताइएको छ ।
किभ । रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको करिब साढे चार वर्षपछि युद्धमा दुवै पक्षका सैनिकको कुल क्षति २० लाख नाघेको एक नयाँ अध्ययनले दाबी गरेको छ ।
अध्ययनअनुसार युद्धमा रुसले मात्रै करिब ४ लाख ५० हजार सैनिक गुमाएको छ । सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडिज (सीएसआईएस)ले सार्वजनिक गरेको अध्ययनमा रुसका १४ लाख सैनिक हताहत (मृत्यु, घाइते र बेपत्ता) भएको अनुमान गरिएको छ । यो संख्या रुसको कुल जनसंख्याको करिब १ प्रतिशत बराबर हो ।
अध्ययनले रुसका गरिब क्षेत्र र जातीय अल्पसंख्यक समुदायमा सैनिक क्षति असमान रूपमा बढी रहेको उल्लेख गरेको छ । केही दुर्गम गाउँका अधिकांश युवा पुरुष युद्धमा मारिएको वा घाइते भएको समाचार रूसी विपक्षी सञ्चारमाध्यममा बढ्दो रूपमा आउन थालेको पनि अध्ययनमा भनिएको छ । साथै, रुसले गुमाइरहेको सैनिकको अनुपातमा नयाँ सैनिक भर्ती गर्न नसकेको दाबी गरिएको छ ।
अध्ययनका लेखक सेथ जी जोन्स र राइली म्याककेबका अनुसार, यी तथ्यांक अत्यन्तै चकित पार्ने खालका छन् । युक्रेन युद्धमा रुसले गुमाएका सैनिकको संख्या दोस्रो विश्वयुद्धपछि अमेरिकाले लडेका सबै युद्धमा भएका अमेरिकी सैनिकको मृत्युभन्दा चार गुणाभन्दा बढी र सोही अवधिमा सोभियत संघ तथा रुसका सबै युद्धमा भएका सैनिक मृत्युभन्दा नौ गुणाभन्दा बढी भएको बताइएको छ ।
अर्कोतर्फ, युक्रेनतर्फ ५ लाख २५ हजारदेखि ६ लाख २५ हजारसम्म सैनिक हताहत भएको अनुमान गरिएको छ । तीमध्ये १ लाख २५ हजारदेखि १ लाख ५० हजारसम्मको मृत्यु भएको अध्ययनले जनाएको छ । रुस र युक्रेन दुवैले आधिकारिक रूपमा सैनिक क्षतिको विवरण सार्वजनिक नगरे पनि सीएसआईएसले प्रस्तुत गरेको तथ्यांक पश्चिमी देशहरूको अनुमानसँग मिल्दोजुल्दो रहेको बताइएको छ ।
अध्ययनअनुसार सन २०२६ को पहिलो छ महिनामा युद्ध रुसका लागि झन महँगो बन्दै गएको छ । अहिले प्रत्येक एक युक्रेनी सैनिक हताहत हुँदा करिब आठ रुसी सैनिक हताहत हुने अवस्था देखिएको दाबी गरिएको छ । युद्धको अधिकांश अवधिमा यो अनुपात दुईदेखि तीन रुसी सैनिक बराबर एक युक्रेनी सैनिक रहेको थियो ।
लेखकहरूका अनुसार युक्रेनले ड्रोन क्षमतामा उल्लेखनीय सुधार गरेपछि अग्रपंक्तिको ‘किल जोन’ विस्तार भएको छ, जसले रुसी सैनिकको अग्रसरता निकै कठिन बनाएको छ । साथै, रुसको क्षययुक्त युद्ध रणनीति, संयुक्त सैन्य अभियान सञ्चालनमा कमजोरी, कमजोर तालिम, भ्रष्टाचार र सैनिकको घट्दो मनोबल पनि उच्च क्षतिको प्रमुख कारण भएको अध्ययनले उल्लेख गरेको छ ।
अध्ययनले प्रस्तुत गरेको तथ्यांकअनुसार युक्रेन युद्धमा हालसम्मको कुल हताहत संख्या २० लाख नाघिसकेको छ यो इतिहासकै सबैभन्दा रक्तपातपूर्ण संघर्षमध्ये मानिने स्टालिनग्राडको युद्धको अनुमानित क्षतिभन्दा पनि बढी हुन सक्ने दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण