केपी ओली कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरा । पोखरामा हुने केपी ओली कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ ।
सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब तथा मदन भण्डारी स्पोसर्ट एकेडेमीको २ टिम गरी १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो । मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजनामा टी-२० क्रिकेट प्रतियोगिता पोखरा रंगशालामा हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पाउनेछन् ।
यस्तै, म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्यटार र बलरले जनही नगद २०/२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । 'खेलले नै मित्रता कायम गर्छ । पोखरामा हुने प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा पनि साथ दिनेछ,' उनले भने, 'आगामी दिनमा यस्तै ठूला प्रतियोगिता गर्नेछौं ।' प्रतियोगिता हेर्न क्रिकेट रंगशालामा अस्थायी प्यारापिट बनाइएको छ । साढे ५ सय दर्शक अट्ने प्यारापिटमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । खेलका लागि पूर्वाधार भने पर्याप्त छैन । पूर्व राष्ट्रिय खेलाडी समेत रहेका प्रतियोगिता संयोजक शक्ति गौचनले पूर्वाधार निर्माणमा राज्यले नै चासो नदिएको बताए । 'यो राज्यको सवाल हो । सरकारले ध्यान दिनुपर्ने हो,' उनले भने,'यही रंगशालामा साफ खेल भैसकेको छ । सामान्य पूर्वाधार पनि छैन । पूर्वाधार भयो भने रंगशाला अन्तर्राष्ट्रिय स्तरको बन्नेछ । मदन भण्डारी स्पोर्ट्स क्लबले पनि दबाब दिन्छ ।' प्रतियोगिता नियमित सञ्चालन हुने एकेडेमीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको बेङ्लोरका दर्जनौं विद्यालयमा बम राखेको ‘अफबाह’ फैलिएपछि....
-
अस्थायी आवासका लागि आज रु २४ करोड पठाइयो
-
निर्देशक पद गएपछि पौडेलको आक्रोशः राणा शासन भन्दा कडा अधिनायकवाद
-
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : कोइराला
-
पूर्वी नेपालमा बढ्यो हात्ती आङ्तक
-
महिला र बालिकालाई भारतमा बिक्री गरेको आरोपमा एक महिला पक्राउ