हमासले चार दिनभित्र ५० बन्धकलाई रिहा गर्ने
बुधबार, ०६ मङ्सिर २०८०, ०९ : ०९
काठमाडौँ । इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार प्यालेस्टिनी लडाकु समूह ‘हमास’ले बन्धक बनाएकामध्ये ५० जनालाई चार दिनभित्र रिहा गर्ने भएको छ । यस क्रममा अस्थायी रुपमा युद्ध रोकिने पनि इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
इजरायलको मन्त्रिपरिषद बैठकले उक्त सम्झौतालाई अनुमोदन गरेसँगै यसको औपचारिक जानकारी दिइएको हो । इजरायली प्रधानमन्त्रीको कार्यालयले यसबारे औपचारिक जानकारी दिँदै भनेको छ, ‘इजरायल सरकार सबै बन्धकको रिहाइका लागि प्रतिबद्ध छ, आज सरकारले यो उद्देश्य पूरा गर्नका लागि पहिलो चरणको रुपरेखालाई मन्जुरी दिएको छ ।’
उता, हमासले पनि विज्ञप्ति जारी गर्दै मानवीय आधारमा युद्धविरामका लागि सहमति भएको जनाएको छ । यो सम्झौताका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार र इजिप्टप्रति पनि हमासले आभार प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण