इलाम–२ मा उपनिर्वाचनको तयारी गर्न एमालेको निर्देशन
काठमाडौँ । नेकपा एमालेले निकट भविश्यमै हुने प्रतिनिधिसभा ईलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ । एमालेको कोशी प्रदेश कमिटीले हालै जारी गरेको अन्तर कमिटी निर्देशन–२ मार्फत उपनिर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमाले इलाम जिल्ला कमिटीलाई आवश्यक कार्ययोजनासहित काममा लाग्न निर्देशन दिएको हो ।
एमाले कोशीले जारी गरेको अन्तर कमिटी निर्देशनको ७ नम्बर बुँदामा ‘इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ निकट भविष्यमा हुने उपनिर्वाचनको विषयलाई मध्यनजर गर्दै त्यस जिल्लाले आवस्यक कार्ययोजनासहित काममा लाग्न समेत निर्देशन गरिन्छ’, भनिएको छ ।
गत वर्ष भएको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट एमालेका उपाध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए । नेम्वाङको गत भदौ २५ गते राति हृदयघात हुँदा निधन भएपछि उक्त स्थानको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको थियो । तर सरकारले उक्त स्थानमा कहिले चुनाव गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण