चीनबाट चोरेर ल्याएका मोटरसाइकल मुस्ताङ–डोल्पा सीमाबाट बरामद
बुधबार, ०६ मङ्सिर २०८०, १२ : ००
पोखरा । चीनबाट चोरेर ल्याएका ४ वटा चिनियाँ मोटरसाइकल मुस्ताङ र डोल्पाको सीमाबाट बरामद भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ फल्याक स्थित साङता हुँदै डोल्पा जाने सडकबाट ती मोटरसाइकल बरामद भएका मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोज पाण्डेले जानकारी दिए ।
उनका अनुसार चारवटै मोटरसाइकल चीनबाट भन्सार छलेर ल्याइएको हो । 'मुस्ताङबाट डोल्पा सप्लाई गर्न लागेको सूचना पाएपछि प्रहरीले बरामद गरेको हो,' उनले भने ।
प्रहरी सहायक निरीक्षक सुजन गुरुङको कमान्डमा गएको ५ जनाको टोलीले मोटरसाइकल बरामद गरेको पाण्डेले बताए ।
ती मोटरसाइकलको मूल्य करिब १० लाख पर्ने अनुमान गरिएको छ । मोटरसाइकल सबै मुस्ताङ भन्सार कार्यालय पठाइएको छ । त्यस क्षेत्रबाट मोटरसाइकल चोरी निकासी बढेको सूचना आइरहेको पाण्डेले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण