आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चोभार सुक्खा बन्दरगाह ट्रान्स नेपाल फ्रेट सर्भिसले चलाउने

बुधबार, ०६ मङ्सिर २०८०, १३ : १३
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौं । चोभार सुख्खा बन्दरगाह चलाउनका लागि ट्रान्स नेपाल फ्रेट सर्भिस जेभी विराटनगर छनौट भएको छ । कम्पनी आगामी ५ वर्षका लागि चोभारको सञ्चालककारुपमा छनौट भएको हो ।

हाल चोभार सुख्खा बन्दरगा नेपाल इन्टरमोडल यातायात विकास समितिले व्यवस्थापन गर्दै आइरहेको छ । मुलुकको व्यापार सहजीकरणका लागि काठमाडौँमा व्यापार सम्बद्ध भौतिक पूर्वाधारको विकास गरी एकद्वार प्रणालीबाट आयात र निर्यातकर्ताहरुलाई सेवा प्रदान गर्ने लक्ष्यसहित डेढ अर्बको लगानीमा चोभार सुख्खा बन्दरगाह बनेको थियो ।

चोभार निजी क्षेत्रलाई जिम्मेवारी दिने लक्ष्यसहित समितिले बोलपत्र आह्वान गरेको थियो । साउन ८ गतेको बोलपत्रमा सहभागीता जनाएका कम्पनीमध्ये जेभी विराटनगर छनोट भएको हो । बोलपत्रमा ट्रान्स नेपालसहित न्यून नेपाल ढुवानी सेवा बिरगञ्ज सहभागी भएका थिए । जसमध्ये ट्रान्स नेपालले ठेक्का पाएको हो ।

कम्पनीले चोभार सुख्खा बन्दरगाह चलाएबापत आगामी ५ वर्षमा २ करोड ८८ लाख रकम सरकारलाई बुझाउने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप