चोभार सुक्खा बन्दरगाह ट्रान्स नेपाल फ्रेट सर्भिसले चलाउने
काठमाडौं । चोभार सुख्खा बन्दरगाह चलाउनका लागि ट्रान्स नेपाल फ्रेट सर्भिस जेभी विराटनगर छनौट भएको छ । कम्पनी आगामी ५ वर्षका लागि चोभारको सञ्चालककारुपमा छनौट भएको हो ।
हाल चोभार सुख्खा बन्दरगा नेपाल इन्टरमोडल यातायात विकास समितिले व्यवस्थापन गर्दै आइरहेको छ । मुलुकको व्यापार सहजीकरणका लागि काठमाडौँमा व्यापार सम्बद्ध भौतिक पूर्वाधारको विकास गरी एकद्वार प्रणालीबाट आयात र निर्यातकर्ताहरुलाई सेवा प्रदान गर्ने लक्ष्यसहित डेढ अर्बको लगानीमा चोभार सुख्खा बन्दरगाह बनेको थियो ।
चोभार निजी क्षेत्रलाई जिम्मेवारी दिने लक्ष्यसहित समितिले बोलपत्र आह्वान गरेको थियो । साउन ८ गतेको बोलपत्रमा सहभागीता जनाएका कम्पनीमध्ये जेभी विराटनगर छनोट भएको हो । बोलपत्रमा ट्रान्स नेपालसहित न्यून नेपाल ढुवानी सेवा बिरगञ्ज सहभागी भएका थिए । जसमध्ये ट्रान्स नेपालले ठेक्का पाएको हो ।
कम्पनीले चोभार सुख्खा बन्दरगाह चलाएबापत आगामी ५ वर्षमा २ करोड ८८ लाख रकम सरकारलाई बुझाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण