कार्यक्रम बिथोल्न घुसपैठ भएको हुनसक्छ, छानबिन गरिरहेका छौँ : अध्यक्ष थेबे
काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवासङ्घ नेपालले युवा सङ्घलाई जोडेर सामाजिक सञ्जालमा फैलाइएका भिडियो तथा अडियो सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष क्षितिज थेबेले बुधवार विज्ञप्ति जारी गर्दै जनसरोकार– जनजीविकाका मुद्दाहरूमा सधैँ अग्रपङ्क्तिमा रहेर युवाहरूको आवाज बुलन्द पार्ने नेपाली युवाहरूको सर्वाधिक लोकप्रिय तथा नेतृत्वदायी सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाललाई बदनाम बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा विभिन्न भिडियोहरू फैलाइएको बताएका छन् ।
गए राति दुर्गा प्रसाईँ समर्थक महिलाहरूलाई भक्तपुरको एक पार्टी प्यालेसमा सुतिरहेका बेला युवासंघका कार्यकर्ता बताउने एक समूहले लखेटेको भिडियो सार्वजनिक भएको थियो ।
‘राष्ट्रिय युवा सङ्घ नेपाल संविधान र विधिको शासनलाई पूर्णतः स्वीकार गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा लोकतान्त्रिक मूल्य, मान्यता र आचरणसहित आफ्ना गतिविधि सञ्चालन गरिरहेको सङ्गठन हो’, युवा संघले भनेको छ, ‘नेपाली जनताको लामो बलिदानी त्याग र सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने तथा सुशासन, समृद्ध र समानताको पक्षका आवाजहरूलाई सङ्गठनले बुलन्द गर्दै आएको छ । यही सन्दर्भमा सङ्गठनलाई बदनाम गर्न सङ्गठनको नाम जोडेर सामाजिक सञ्जालमा भ्रामक र मिथ्या भिडियो फैलाइएको पाइयो ।’
साथै युवा सङ्घले मङ्सिर ७ गते आयोजना गरिएको युवा– विद्यार्थीको कार्यक्रमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुस पैठी समूहले सङ्गठनको नाम बदनाम गराइरहेको आशङ्का गरेको जनाएको छ । ‘घुसपैठबारे हामीले आन्तरिक रुपमा छानबिन गरिरहेको ब्यहोरा जानकारी गराउँदछौँ । यस्ता खालका कुनै पनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिविधि नगरिएको जानकारी गराइन्छ’, युवा सङ्घले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण