फरक यौनिक पहिचान बोकेका महिलाले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाउने
काठमाडौँ । फरक यौनिक पहिचान बोकेको महिला खेलाडीले अब महिलाको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न नपाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ नियमले फरक यौनिक पहिचान बोकेका महिलालाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट रोक लगाएको हो ।
आईसीसीको नयाँ नियमअनुसार, पुरुष किशोरावस्थाबाट गुज्रिएको कुनै खेलाडीले भविष्यमा जस्तोसुकै शल्यक्रिया वा उपचार गरे पनि त्यस्तो खेलाडी महिला अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि योग्य हुनेछैन ।
आईसीसीको यो नियमको प्रत्यक्ष प्रभाव क्यानडाकी ड्यानियला म्याकगाहीलाई परेको छ । गत सेप्टेम्बरमा उनी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने विश्वकै पहिलो फरक यौनिक पहिचान बोकेकी महिला खेलाडी बनेकी थिइन् ।
आईसीसीको पछिल्लो नियमपछि अब उनले महिलाको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न पाउने छैनन् । उनले देशका लागि ६ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता र टी—२० विश्वकपको छनोट प्रतियोगिता पनि खेलेकी थिइन् । उनले ब्राजिलविरुद्धको खेलमा ४५ बलमा ४८ रन बनाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण