केपी ओली कप क्रिकेट : गण्डकीको टोली घोषणा
पोखरा । पोखरामा बिहीबारदेखि हुने केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट खेल्न गण्डकीको टिम घोषणा भएको छ । विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।
टोलीमा रोबिन तिमल्सिना, गौरव विक, किरण पौडेल, मुस्कान थापा, समिर कडेल (विकेटकिपर), करण पंगेनी, अभिषेक थापा, सन्दीप क्षेत्री खत्री, अमृत गुरुङ, दिनेश बुढा मगर, कमल परियार, सुदिप अर्याल र चन्द्रकान्त पौडेल समेटिएका छन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगिता ७ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुनेछ । गण्डकी समूह बीमा परेको छ । बी समूहमा एपिएफ र लुम्बिनी पनि छन् । यस्तै, समूह ए मा बागमती, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रेड छन् ।
समूह ‘सी’ मा नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेस प्रदेश तथा समूह ‘डी’ मा आर्मी, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ब्लु छन् । हरेक समूहको शीर्ष टोली सेमिफाइनल पुग्नेछ । १२ टिम सहभागी प्रतियोगितामा विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पुरस्कार पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण