११ दिनदेखि सुरुङमा फसेका ४१ कामदारको उद्धारको प्रयास जारी
बिहीबार, ०७ मङ्सिर २०८०, ०९ : ४५
उत्तरकाशी । नोभेम्बर १२ गतेदेखि उत्तरकाशीको सिल्क्यरा सुरुङमा फसेका ४१ कामदारको उद्धारका लागि निरन्तर राहत कार्य जारी छ ।
बुधबार रातिदेखि सुरु भएको ड्रिलिङपछि जोजिला सुरुङमार्गका आयोजना इन्चार्जले नयाँ जानकारी दिँदै अहिलेका लागि ड्रिलिङ रोकिएको तर पुनस् सञ्चालनमा आउने बताएका छन् । इन्चार्ज हरपाल सिंहले भने, ‘होरिजोन्टल ड्रिलिङअन्तर्गत भग्नावशेषमा ४४ मिटर पाइप हालिएको छ । अझै अगाडि ड्रिलिङ गर्दा मेसिनको अगाडि चारवटा रड आए । मेसिनले रड काट्न सकेन, त्यसपछि ड्रिलिङ रोकेर मेसिन निकाल्नुपर्यो।’
‘अब एनडीआरएफका मानिसहरू त्यो पाइपभित्र जानेछन् र रडहरू काट्नेछन्,’ उनले भने, ‘बार काटिएपछि मात्र मेसिन अगाडि बढ्छ ।’ उनले भग्नावशेषभित्र ६–६ मिटरका दुई–दुई पाइप हाल्नु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण