११ दिनदेखि सुरुङमा फसेका ४१ कामदारको उद्धारको प्रयास जारी
बिहीबार, ०७ मङ्सिर २०८०, ०९ : ४५

उत्तरकाशी । नोभेम्बर १२ गतेदेखि उत्तरकाशीको सिल्क्यरा सुरुङमा फसेका ४१ कामदारको उद्धारका लागि निरन्तर राहत कार्य जारी छ ।
बुधबार रातिदेखि सुरु भएको ड्रिलिङपछि जोजिला सुरुङमार्गका आयोजना इन्चार्जले नयाँ जानकारी दिँदै अहिलेका लागि ड्रिलिङ रोकिएको तर पुनस् सञ्चालनमा आउने बताएका छन् । इन्चार्ज हरपाल सिंहले भने, ‘होरिजोन्टल ड्रिलिङअन्तर्गत भग्नावशेषमा ४४ मिटर पाइप हालिएको छ । अझै अगाडि ड्रिलिङ गर्दा मेसिनको अगाडि चारवटा रड आए । मेसिनले रड काट्न सकेन, त्यसपछि ड्रिलिङ रोकेर मेसिन निकाल्नुपर्यो।’
‘अब एनडीआरएफका मानिसहरू त्यो पाइपभित्र जानेछन् र रडहरू काट्नेछन्,’ उनले भने, ‘बार काटिएपछि मात्र मेसिन अगाडि बढ्छ ।’ उनले भग्नावशेषभित्र ६–६ मिटरका दुई–दुई पाइप हाल्नु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी