नबिल बैंकले ११ प्रतिशत लाभांश वितरणको घोषणा
बिहीबार, ०७ मङ्सिर २०८०, ११ : १४

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । बिहीबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले करसहित नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । जसअनुसार बैंकको सेयर लगानीकर्ताहरुले प्रति सेयर ११ रुपैयाँका दरले नगद लाभांश पाउनेछन् ।
तथापि, बैंकको लाभांश भने नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा लाभांश वितरण हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी
-
आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की