बिहान यस्ता गल्तीले बढाउँछ मोटोपना
काठमाडौँ । अहिलेको यो युगमा स्वस्थ र तन्दरुस्त रहने चाहना त कसलाई पाे नहोला र । तर समयको अभाव र खराब जीवनशैलीले गर्दा आफूलाई स्वस्थ र तन्दरुस्त राख्नु मुस्किल बन्दै गएको छ ।
वास्तवमा तौल बढ्नुको अनेक कारण हुन सक्छन् । कयौँ पटक त हामीले सुत्ने बेलामा वा बिहान उठेपछि गर्ने केही स–साना गल्तीले पनि वजन बढाइरहेका हुन्छन् ।
प्रायः हाम्रो जीवनशैलीमा बिहान गरिने केही गल्तीका कारण मोटोपना देखिन सक्छ । बिहान हाम्रो शरीर निकै सक्रिय हुन्छ । यस्तोमा तपाईँले केही कुरामा ध्यान दिएर पूरै दिन सक्रिय रहने मात्रै होइन तौल बढ्नबाट पनि रोक्न सक्नु हुन्छ ।
धेरै मानिसहरु अफिस जाने हतारोमा बिहान खाजा वा खानै खाँदैनन् । केहीले भने तौल घटाउन भन्दै बिहानको खाजा नास्ता छुँदै छुँदैनन् । यस्तो गर्नु पनि गलत हो । बिहान हेल्दी ब्रेकफाष्टले शरीरलाई ताकत दिन्छ र मेटाबोलिज्म बढाउँछ । यसले शरीरमा अतिरिक्त बोसो जम्दैन । ब्रेकफाष्ट नगर्दा पनि तौल बढ्न सक्छ ।
धेरैजसो मानिसहरु बिहान उठ्ने बित्तिकै चिया र कफी पिउन थाल्छन् । खाली पेटमा चिया र कफीले पाचनमा नराम्रो असर गर्छ । जसले तपाईँको वजन पनि बढ्न सक्छ । विशेषगरेर चिनी भएको चिया कफी अनि साथमा तारेको वा भुटेको नास्ताले स्वास्थ्यमा नोक्सान पुर्याउँछ र वजन बढ्छ ।
यस बाहेक बिहान अबेरसम्म सुत्ने मान्छेहरु पनि मोटोपनाको सिकार हुन थाल्छन् । स्वस्थ रहनका लागि कुनै पनि वयस्क व्यक्तिलाई सातदेखि आठ घण्टाको निद्रा चाहिन्छ । तर केही मानिस दिनमा ११÷१२ घण्टासम्म सुत्छन् । जसका कारण उनीहरुमा मोटोपनाको समस्या देखिन थाल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण