प्रहरीमा दर्ता हुने कुल मुद्दाको ३१ प्रतिशत अपराध ‘लैङ्गिक हिंसा’
काठमाडौँ । प्रहरीमा दर्ता हुने कुल अपराध मध्ये ३१ प्रतिशत अपराध ‘लैङ्गिक हिंसा’सँग सम्बन्धित हुने गरेका छन् । आर्थिक वर्ष २०७९–२०८० मा प्रहरीमा दर्ता भएका अपराधका घटनाहरु मध्ये ३१ प्रतिशत घटना लैङ्गिक हिंसासँग सम्बन्धित रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयमा आयोजित ‘लैङ्गिक हिंसाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा’बारे गोष्ठी कार्यक्रममा एसपी रञ्जु सिग्देलले अधिकांश हिंसा चिनजानकाहरुबाटै हुने गरेको बताइन् । प्रहरीमा दर्ता भएका लैङ्गिक हिंसाका घटनामा ८८ प्रतिशत अभियुक्त चिनजानका नै रहेको पाइएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरी कर्मचारी संलग्न हिंसाको नियमन गर्ने कार्यादेश सार्वजनिक गरेका छन् । कार्यादेश सार्वजनिक गर्दै आईजीपी कुँवरले सो कार्यादेशले सकलदर्जालाई महिला, बालबालिका र ज्येष्ठ नागरिक प्रति संवेदनशिल हुन मार्ग निर्देशन हुने बताए ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयले गरेको कार्यक्रममा स्वास्थ्य सेवा विभाग, महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र गृह मन्त्रालयका प्रतिनिधिले आ–आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण