जसपा लिम्बुवान राष्ट्रिय समितिको अध्यक्षमा लावती
शनिबार, ०९ मङ्सिर २०८०, २० : ४३
फिदिम । जनता समाजवादी पार्टी (जसपा) नेपालको लिम्बुवान राष्ट्रिय समिति पुनर्गठन भएको छ । शनिबार पाँचथरको फिदिममा आयोजित कार्यक्रमबाट जेन्टल लावती डम्बरको अध्यक्षतामा ३५ सदस्यीय समिति पुनर्गठन भएको हो ।
समितिको उपाध्यक्षमा एविराज आङदेम्बे, सन्जय राई, अग्निमाया मेचे, मुख्यसचिव केदार धिमाल, सचिव हेमराज जिमी, सचिव अजित धिमाल, सचिव सुष्मा राई र कोषाध्यक्ष टुपेन्द्र एक्तेन चयन गरिएको उक्त समितिका मुख्य सचिव केदार धिमालले जानकारी दिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् कोसी प्रदेश समिति इन्चार्ज रकम चेम्जोङ, कार्यकारिणी सदस्य रणध्वज कन्दङ्वालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
लिम्बुवान समिति पुनर्गठन भएसँगै जसपाका दश प्लस एक अन्तर्गतका पहिचानका राष्ट्रिय समिति पुनर्गठन सम्पन्न भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण