अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा बुढाथोकी चयन

मकवानपुर । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा एलबी बुढाथोकी चयन भएका छन् । शनिबार हेटौंडामा भएको अनेरास्ववियुको प्रथम अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।
अध्यक्षका अर्का दाबेदार हालका अध्यक्ष सालिकराम पुडासैनीले आफू उम्मेदवार नबन्ने र बुढाथोकीलाई सघाउने निर्णय लिएसँगै सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो ।
शनिबार राति अबेर भएको अधिवेशनको बन्द सत्रले बुढाथोकीको नेतृत्वमा ९ पदाधिकारी सहित ५१ सदस्यीय कमिटी गठन चयन गरेको छ । कमिटीको ३ उपाध्यक्षमा क्रमशः युवराज दाहाल, अच्युत उप्रेती, निशा पुडासैनी चयन भएका छन् भने सचिवमा प्रकाश कालाखेती, सहसचिव प्रशान्त जङ्ग पाण्डे, पवन तामाङ र जिप छिरिङ शेर्पा चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा अमृत बर्तौला र कार्यालय सचिवमा लक्ष्मण सिलवाल चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमतले प्रशिक्षण कार्यक्रम चलाउँदै, उपस्थित नभए वडा इकाइ भङ्ग गर्ने चेतावनी
-
भिजिट भिसामा दुबई गएर सट्टेबाजी खेलाउन सिके, भारतीयको ‘एजेन्ट’ बनेर नेपाल फर्किए
-
१६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता : विपिन चम्किए, रौनकले कीर्तिमान बनाए
-
रवि लामिछानेले रुपन्देही कारागारबाट काठमाडौँ सरूवा मागेपछि प्रशासनले अघि बढायो प्रक्रिया
-
गृहमन्त्रीलाई संसदमा बोल्न दिन विपक्षीको सर्त
-
धमाधम कर्मचारी निकाल्दैछ डिज्नी