अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा बुढाथोकी चयन
मकवानपुर । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा एलबी बुढाथोकी चयन भएका छन् । शनिबार हेटौंडामा भएको अनेरास्ववियुको प्रथम अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।
अध्यक्षका अर्का दाबेदार हालका अध्यक्ष सालिकराम पुडासैनीले आफू उम्मेदवार नबन्ने र बुढाथोकीलाई सघाउने निर्णय लिएसँगै सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो ।
शनिबार राति अबेर भएको अधिवेशनको बन्द सत्रले बुढाथोकीको नेतृत्वमा ९ पदाधिकारी सहित ५१ सदस्यीय कमिटी गठन चयन गरेको छ । कमिटीको ३ उपाध्यक्षमा क्रमशः युवराज दाहाल, अच्युत उप्रेती, निशा पुडासैनी चयन भएका छन् भने सचिवमा प्रकाश कालाखेती, सहसचिव प्रशान्त जङ्ग पाण्डे, पवन तामाङ र जिप छिरिङ शेर्पा चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा अमृत बर्तौला र कार्यालय सचिवमा लक्ष्मण सिलवाल चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण