सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
मेला

कमला नदीमा भूत मेला, तस्बिरहरू हेर्नुहोस्

सोमबार, ११ मङ्सिर २०८०, १२ : ३५
सोमबार, ११ मङ्सिर २०८०

जनकपुरधाम । धनुषा र सिरहाको सीमामा पर्ने कमला नदीमा आज बिहानैदेखि धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितको घुइँचो लागेको छ । कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न श्रद्धालुको घुइँचो लागेको हो ।

bhoot mela (1)

सूर्योदयसँगै आज(सोमबार) बिहानैदेखि हजारौँ नवधामीझाँक्रीले कमला नदीमा डुबुल्की लगाई गुरुसँग सतबैद(शपथ) लिइरहेका छन् ।  कमला नदी किनारमा भगत (देउता) खेल्नेको घुइँचो लागेको छ । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायी बासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने प्रचलन  छ ।

bhoot mela (2)

कतिपय नवधामीझाँक्री कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा आइतबार कमला नदीको तटमा पुगेर राति बास बसेको र आज बिहानै स्नान गरेको श्रद्धालुले बताएका छन् । कमला नदीमा स्नान गरेमा कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी स्नान गर्नेको सङ्ख्या अत्यधिक रहने गरेको छ ।

bhoot mela (3)

सिरहाको बन्दीपुरमा पर्ने उत्तरबाहिनी, चिकना, निर्दन्ना, चतरी, सारश्वर, बरेरबा, फूलबरिया र भारतको बिहारको जयनगरको कमला नदीको दुबैतिर स्नान गर्ने तथा नवधाधीझाँक्रीहरुहरुको जतातै घुइँचो देख्न सकिन्छ । करिब २ दशक अघिसम्म इनर्वा घाटमा अत्यधिक भीड हुने गरे पनि अहिले भने सहजता हुने ठाउँहरूमा भिडभाड देखिने गरेको छ।  सर्वसाधारणहरू स्नान गरी पूजापाठ गरी पवित्र नदीमा प्रथम स्नान गरेको धामीझाँक्रीसँग आशिष लिने चलन छ । प्रसादका रुपमा कमला नदीको बालुवा, ढुंगा, फूल जे पाए त्यही लिएर श्रद्धालुहरू प्रसन्न हुँदै फर्किन्छन् । यस्तै नवधामीझाँक्रीहरु सतबैद(शपथ) लिएर घर फर्किनेछन् ।

bhoot mela (4)

पवित्र नदीमा प्रथम स्नान गरेको धामीझाँक्रीसँग आशिष लिने श्रद्धालुहरूको सङ्ख्या पनि उल्लेख्य थियो । नवधामीझाँक्रीहरु सतबैद(शपथ) लिन नेपालको कमला नदी तथा भारतको गंगा सागर पनि जाने गर्छन् । त्यहाँ गएर भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । मूलधामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धिका लागि यस दिन पूर्णाहुति दिने चलन छ ।

bhoot mela (5)

कमला नदीमा आएर शपथ लिएपछि धामीझाँक्री पाको हुने विश्वास गरिन्छ । यता अन्धविश्वासका कारण धामीझाँक्री र बोक्सीको नाममा महिलामाथि हुने हिंसा बढ्दो छ । सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले यस्तो घटनालाई न्यूनीकरण गर्न विभिन्न कार्यक्रमहरू गरिरहेका छन् । 

bhoot mela (6)bhoot mela (7)bhoot mela (9)bhoot mela (10)

bhoot mela (11)bhoot mela (12)bhoot mela (13)bhoot mela (14)bhoot mela (15)bhoot mela (16)bhoot mela (17)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप