बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नागढुंगाबाट खैरो हेरोइनसहित २ जना पक्राउ

सोमबार, ११ मङ्सिर २०८०, १६ : ३०
सोमबार, ११ मङ्सिर २०८०

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा झापा बुधबारे गाउँपालिका–५ घर भएका ३० वर्षीय सन्तोष तिवारी र बुधवारे गाउँपालिका–३ घर भएका ३९ वर्षीय हरिबहादुर विक छन् ।

आरोपीहरूको साथबाट करिब ९ ग्राम ५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुङ्गेलले जानकारी दिए । भद्रपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र ०२–०३–००१ख ५५५० नम्बरको बस चेकजाँच गर्दा आरोपीहरूको साथमा लागु औषध भेटिएको हो । उनीहरुले अन्डरवेयरभित्र ३ वटा पोकामा खैरो हेरोइन लुकाएर ल्याएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप