नागढुंगाबाट खैरो हेरोइनसहित २ जना पक्राउ
सोमबार, ११ मङ्सिर २०८०, १६ : ३०
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा झापा बुधबारे गाउँपालिका–५ घर भएका ३० वर्षीय सन्तोष तिवारी र बुधवारे गाउँपालिका–३ घर भएका ३९ वर्षीय हरिबहादुर विक छन् ।
आरोपीहरूको साथबाट करिब ९ ग्राम ५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुङ्गेलले जानकारी दिए । भद्रपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र ०२–०३–००१ख ५५५० नम्बरको बस चेकजाँच गर्दा आरोपीहरूको साथमा लागु औषध भेटिएको हो । उनीहरुले अन्डरवेयरभित्र ३ वटा पोकामा खैरो हेरोइन लुकाएर ल्याएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण