कांग्रेस झापाका पूर्वसभापति दाहालको निधन
दमक । नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा लोकतान्त्रिक आन्दोलनका योद्धा झापा, कमल गाउँपालिका–५ मङ्गलबारे निवासी पूर्णनन्द शर्मा दाहालको आज निधन भएको छ । केही दिनयता अस्वस्थ ८८ वर्षीय दाहालको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा आज अपराह्न ४ः३० बजे निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिए ।
सो अस्पतालले दाहालको सबै उपचार निःशुल्क गरिदिएको थियो । कांग्रेस झापाका पुराना तथा त्यागी नेताका रुपमा परिचित उनी भूमिगतकालमा पार्टीको जिल्ला सभापति रहेका थिए । उनले प्रजातन्त्र प्राप्तिका सबै किसिमका आन्दोलनका क्रममा पटकपटक जेलनेल परेका थिए ।
पाँच वर्षअघि जीवनसङ्गीनी गुमाएका दिवङ्गत दाहालका तीन छोराहरु विनोद, प्रमोद, आमोद र एक छोरी प्रमिला छन् । उनले पार्टीसँगै स्थानीय सामाजिक सङ्घसंस्थामा समेत योगदान पुर्याउँदै आएका थिए । स्व.दाहालको पार्थिव शरीरलाई भोलि दिनको ११ बजे पवित्र कनकाई नदीमा हिन्दू विधिपूर्वक अन्त्येष्टि गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
-
जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
-
विश्वकप खेलेका दक्षिण अफ्रिकी मिडफिल्डर जेडेन एडम्सको २५ वर्षमै निधन
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण