मन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
मङ्गलबार, १२ मङ्सिर २०८०, ०९ : ५६
नयाँ दिल्ली । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र भारतीय समकक्षी अर्जुन राम मेघवालबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटमा कानुनी र न्यायिक सहयोग प्रवर्द्धनलगायतका विषयमा छलफल भएको हो ।
भारतीय कानुन तथा न्याय मन्त्री मेघवालले भेटबारे सामाजिक सञ्जालमा जानकारी दिँदै लेखेका छन्, ‘आज शास्त्री भवनस्थित कानुन तथा न्याय मन्त्रालयमा नेपालका कानुनमन्त्री श्री धनराज गुरुङसँग शिष्टाचार भेटवार्ता भएको छ ।
सो क्रममा दुई देशबिचको कानुनी र न्यायिक सहयोग प्रवर्द्धनलगायत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो ।’ मन्त्री गुरुङ हाल भारत भ्रमणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण