मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र
फुङ्लिङ । कोशी प्रदेश नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानदेखि मेची राजमार्ग हुँदा पाथीभरा आएका सयौँ यात्रुबिच बाटोमै अलपत्र परेका छन् । मेची राजमार्गमा यातायातका साधन नचल्दा तीर्थयात्री अलपत्र परेका हुन् ।
यातायातका साधन नचल्दा मेची राजमार्गको ताप्लेजुङ–पाँचथर खण्डअन्तर्गत काबेली, गणेश चोक क्षेत्रमा बिहानदेखि यातायात ठप्प रहेको छ । गत शनिबार गृह जिल्ला ताप्लेजुङ आउनुभएका नेकपा (एमाले) सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई कालो झण्डा देखाउनाका साथै गाडी तोडफोड गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका दुईजना पहिचानवादी कार्यकर्ताको रिहाइको माग गर्दै राजमार्ग बन्द गराइएको सङ्घर्ष समितिले बताएको छ ।
प्रहरीले पहिचान पक्षधर पाथीभरा याङवराक–घतिरिङे निवासी विविनकालिङवा र आनन्दकालिङवालाई झुटो आरोप लगाएर मङ्सिर ११ गते पक्राउ गरेको दाबी सङ्घर्ष समितिको छ । प्रहरीले शान्तिसुरक्षा बिथोलेका कारण उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरका सुकुमबासी भन्छन्– अब नदीमा हाम फाल्नुको विकल्प छैन
-
जिन्दगी एक दृश्य ! अनेकौं अदृश्य
-
तपाईंको वाईफाई सुस्त छ ? कारण हुनसक्छन् घरकै यी सामान
-
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
-
भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
-
डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण