बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

प्रदेशका गृहमन्त्रीहरुले भेटे संघीय गृहमन्त्री

मङ्गलबार, १२ मङ्सिर २०८०, १५ : ५८
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

मंगलबार दिउँसो सातै प्रदेशका गृहमन्त्री सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् । 

ज्ञापनपत्रमा प्रहरी समायोजनसहित प्रदेशको शान्ति सुरक्षाबारे उल्लेख छ । 

home1

मुलुकमा प्रदेश सरकारहरू बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रदेशका गृहमन्त्रीहरू सङ्घीय सरकारसँग असन्तुष्ट रहँदै आएका छन् । 

देशले प्रहरी ऐन बनाइसके पनि सङ्घीय सरकारले सङ्घीय प्रहरी ऐन नबनाएका कारण प्रदेशले बनाएका कानुन लागू हुन नसकेको उनीहरूको गुनासो छ । प्रदेश गृहमन्त्रीहरुले आजै साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । 

गृहमन्त्री श्रेष्ठलाई भेट्नुअघि प्रधानमन्त्रीलाई भेट्न पुगेका उनीहरुले समयअभाव भन्दै सिंहदरबारमा प्रधानमन्त्रीले भेट नदिएपछि बालुवाटार जान लागेको प्रदेशका एक मन्त्रीले जानकारी दिए ।

home2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप