खरिदारको सरुवा फागुनसम्म स्थगित
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सो सरहका कर्मचारीको सरुवा फागुनसम्म स्थगित गरेको छ ।
लामो समयदेखि दुर्गम स्थानमा बसी सेवा गरिआएका कर्मचारीहरुलाई बढुवा प्रयोजनार्थ मर्का पर्ने भन्दै मन्त्रालयले सरुवा स्थगित गरेको हो ।
लोक सेवा आयोगको वार्षिक कार्यतालिका अनुसार राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरहको पदहरूमा विज्ञापन प्रकाशित हुने (खुला प्रतिस्पर्धा तथा बढुवा) समय सुरु भएको छ । बढुवाको मुखमा खरिदार वा सो सरहको सरुवा गर्दा बढुवामा समस्या हुने देखिएपछि सरुवा स्थगित गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी शाखाका शाखा अधिकृत हरिशरण न्यौपानेद्धारा हस्ताक्षरित परिपत्रमा भनिएको छ,‘ सरुवा स्थगित गर्नुको अर्को कारण बढुवाका लागि मात्रै अंक थप्न दुर्गम स्थानका निकायहरुमा सरुवा भएर जान दोहोरो सहमति लिने क्रम बढेकाले हो । यसरी बढुवा हुनुभन्दा अघि सरुवा गर्दा दुर्गममा बसेर काम गरेका कर्मचारी मर्कामा पर्छन् ।’
पत्रमा सरोकारवाला पक्षबाट गुनासो आएको हुँदा राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सो सरहको पदको कुनै पनि निकायमा सरुवा/पदस्थापन गर्ने तथा सरुवा सहमति प्रदान गर्ने कार्य यही मिति २०८० साल फाल्गुन मसान्तसम्मको लागि स्थगित गरिएको गरिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण