पुनरागमन गर्दै बार्सिलोना अन्तिम १६ मा
क्याम्प नाउ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्टोलाई २–१ गोल अन्तरले हराएर बार्सिलोना च्याम्पिन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । पाँच पटकको विजेता बार्सा सन् २०२०–२१ सिजनपछि पहिलोपटक नकआउट चरणमा पुगेको हो ।
पहिलो हाफको ३० औँ मिनेटमा ब्राजिलियन विंगर पेपेले पोर्चुगिज टोलीलाई अग्रता दिलाएका थिए । तर, यो अग्रता दुई मिनेट पनि टिकेन । जोआओ क्यानसेलोले लगत्तै बार्साका लागि बराबरी गोल फर्काए ।
त्यसपछि पनि पोर्टोका गोलकिपर इनकाई पेनाले थुप्रै उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा कायम राखेका थिए । तर ५६ औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै बार्सिलोनालाई जीत दिलाए ।
समूह एचमा ५ खेलबाट बार्सिलोनाको १२ अङ्क रहेको छ । पोर्टो ९ अङ्कसहित दोस्रो स्थानमा छ । मंगलबारकै खेलमा रोयल एनटर्पलाई १–० ले हराएको शाख्तार डोनेस्कको पनि ९ अङ्क रहेको छ । एनटर्प भने अङ्कविहीन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण