पुनरागमन गर्दै बार्सिलोना अन्तिम १६ मा

क्याम्प नाउ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्टोलाई २–१ गोल अन्तरले हराएर बार्सिलोना च्याम्पिन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । पाँच पटकको विजेता बार्सा सन् २०२०–२१ सिजनपछि पहिलोपटक नकआउट चरणमा पुगेको हो ।
पहिलो हाफको ३० औँ मिनेटमा ब्राजिलियन विंगर पेपेले पोर्चुगिज टोलीलाई अग्रता दिलाएका थिए । तर, यो अग्रता दुई मिनेट पनि टिकेन । जोआओ क्यानसेलोले लगत्तै बार्साका लागि बराबरी गोल फर्काए ।
त्यसपछि पनि पोर्टोका गोलकिपर इनकाई पेनाले थुप्रै उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा कायम राखेका थिए । तर ५६ औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै बार्सिलोनालाई जीत दिलाए ।
समूह एचमा ५ खेलबाट बार्सिलोनाको १२ अङ्क रहेको छ । पोर्टो ९ अङ्कसहित दोस्रो स्थानमा छ । मंगलबारकै खेलमा रोयल एनटर्पलाई १–० ले हराएको शाख्तार डोनेस्कको पनि ९ अङ्क रहेको छ । एनटर्प भने अङ्कविहीन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सवइन्जिनियरविरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा
-
अत्यावश्यक सवारी चालक अनुमति पत्र छपाई बन्द
-
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाई सुरुवात
-
ओलीको व्याख्या : जेन–जीले चलाउने सबै व्यवसाय स्टार्टअप
-
कार्यक्रम दोहोरिएकोबारे प्रधानमन्त्री ओलीको यस्तो जवाफ
-
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ