खाद्य कम्पनीले खरिद गर्यो ३० हजार क्विन्टल धान
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० हजार क्विन्टल धान खरिद गरेको छ । पश्चिम तराईका ४ वटा कम्पनीका शाखाबाट पछिल्लो पटक ३० हजार क्विन्टल धान खरिद गरिएको हो ।
यो वर्ष खाद्यले ५० हजार मेट्रिक टनको लक्ष्यसहित धान खरिद प्रक्रिया सुरु गरेको छ । सुदूरपश्चिममा पर्ने कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, बर्दियाको राजापुर र बाँकेको नेपालजन्गबाट धान खरिद प्रक्रिया सुरु भएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् ।
कम्पनीले देशभरका ११ वटा जिल्ला स्थित शाखा कार्यालयबाट धान खरिद गर्ने जनाएको छ । झापाको बिर्तामोड, मोरङको विराटनगर, सिरहाको लहान, धनुषाको जनकपुर, पर्साको वीरगन्ज, रुपन्देहीको भैरहवा, बाँकेको नेपालजन्ग, बर्दियाको राजापुर, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर र जुम्लाबाट कम्पनीले धान खरिद गर्दै छ । यो वर्ष कम्पनीले ५० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ ।
नेपाल सरकारले निर्धारण गरेको सर्मथन मूल्य अनुसार धान खरिद भइरहेको उनले बताइन् । मोटा धान तीन हजार एक सय ९८ रुपैयाँ प्रतिक्विन्टल, मध्यम खाले धान तीन हजार तीन सय ६२ रुपैयाँ प्रतिक्विन्टल निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण