विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु
काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । बिहीबार राति काठमाडौँ, बाँके र कैलालीमा भएका दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा प्रदेश ३–०१–०० ३ क ६४८८ नम्बरको निशान गाडी र बाग्मती प्रदेश ०२–०३२ प ३३४१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शंखरापुर नगरपालिका–८ साखु घुमार चोकका ३० वर्षीय सुलभ मोक्तान रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै बाँकेमा पनि सवारी दुर्घटनामा परेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका–८ ओबरीस्थित सडकमा महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सु.प्र.०२–००१ ख १२४७ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ४० वर्षीय केशर कुँवरको बिहीबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, कैलालीको लम्कीचुहा नगरपालिका–२ गणेशपुरस्थित सडकमा ना.५ ख ८७०० नम्बरको बसको ठक्करबाट बिहीबार राति एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मोहन्याल गाउँपालिका–७ का ३७ वर्षीय डम्मरबहादुर विष्ट रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
-
काठमाडौँ महानगरको आफ्नै अस्पताल, टोल टोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गरिने
-
केही अप्रत्याशित नतिजासहित सकिए सबै टिमको पहिलो खेल
-
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण