संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य गर्न आवश्यक : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य आवश्यक भएको बताएका छन् । राप्रपा नेपाल काठमाडौँ जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अहिलेकै व्यवस्था कायम रहे नयाँ तानाशाहको जन्म हुने बताए । उनले देश बचाउन र बनाउन राजसंस्था, हिन्दु राष्ट्र पक्षधर र संघीयता नचाहने बिच तत्काल मोर्चा निर्माण गरी नयाँ जनआन्दोलनमा जान जरुरी भएको बताए ।
थापाले संवैधानिक अङ्ग, न्यायालय, प्रशासनिक क्षेत्र लगायत अन्य सबै क्षेत्रमा कब्जा जमाएर सर्वसत्तावाद लाद्ने दुष्प्रयास भइरहेको भन्दै त्यसको प्रतिवाद हुनुपर्नेमा जोड दिए ।
असक्षम, असफल र अदुररदर्शीहरुले मुलुकमा ब्रम्हलुट गरिरहेको भन्दै उनले मुलुकको स्वाधीनको रक्षाका लागि एकपटक सबै सडकमा आउनुपर्ने बताए । उनले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण