शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सम्मेलन

कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन

शनिबार, १६ मङ्सिर २०८०, १३ : ४३
शनिबार, १६ मङ्सिर २०८०

बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुई दिनसम्म चल्ने प्रदेश सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। 

congress pradesh sammelan butwa; (7)

आइतबारसम्म चल्ने सम्मेलनमा सभापति देउवा,वरिष्ठ नेता डा. शेखर कोइराला,महामन्त्री गगनकुमार थापा,विश्वप्रकाश शर्मा,सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य  लगायतका नेताहरू र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सहित ६ वटै प्रदेशका सभापतिहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। सम्मेलनमा प्रदेशका ७ सय ५० बढी प्रतिनिधिहरूको सहभागिता रहेका छन् ।

congress pradesh sammelan butwa; (4)

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका  प्रदेश महाधिवेशन प्रतिनिधि,प्रदेश क्षेत्रीय सभापति,क्षेत्रीय सभापति,जिल्ला सभापति,भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष, प्रदेश पदाधिकारी, सदस्य सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको सम्मेलनमा सहभागिता रहेको बताए । 

congress pradesh sammelan butwa; (6)

उद्घाटन सत्रमा नेताहरूले सम्बोधन गरेपछि बन्द सत्रमा राजनीतिक प्रतिवेदन,साङ्गठनिक प्रतिवेदन,आर्थिक प्रतिवेदन पेस हुनेछ । ती प्रतिवेदन माथि गम्भीर छलफल गरी पार्टीको आगामी कार्य दिशा तय गर्न सुझाव सहितको निचोड निकालिनेछ ।

congress pradesh sammelan butwa; (1)congress pradesh sammelan butwa; (2)congress pradesh sammelan butwa; (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप