तनहुँमा ट्रकको ठक्करले महिलाको मृत्यु
शनिबार, १६ मङ्सिर २०८०, २१ : ०५
पोखरा । तनहुँको मौरी बजारमा ट्रकको ठक्करले एक जनाको मृत्यु भएको छ । दमौलीबाट पोखरा आउँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख २८६१ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको ग १७ प ६५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भिमाद नगरपालिका ९ थामडाँडाकी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक उनका श्रीमान् ३४ वर्षीय रामचन्द्र विक, र छोरा ३ वर्षका सुमन विक तथा ६ वर्षका गुराँस विक घाइते भएका छन् ।
सुकमायाको उपचारको क्रममा मृत्यु भएको हो । घाइतेहरूको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण