रौतहटमा महिनाको पहिलो आइतबार ‘फिस होलिडे’
रौतहट । रौतहट जिल्लाभरिमा महिनाको पहिलो आइतबार मत्स्य बिदा (फिस होलिडे) दिइने भएको छ। नेपाल मत्स्य व्यवसायी संघ रौतहट जिल्ला समितिको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
उक्त दिन जिल्लाभर माछा मार्ने अथवा बिक्री वितरण नगरिने निर्णय गरिएको संघका संस्थापक अध्यक्ष तुलसी राज गिरीले जानकारी दिए । बैठकमा माछा उत्पादक कृषकको समस्याबारे बृहत् छलफल हुनुका साथै विभिन्न महत्त्वपूर्ण निर्णय समेत गरिएको उनले बताए ।
बैठकले रौतहट जिल्लामा डिजिटल तराजुमा साढे ६ किलोग्रामको धारामा पुरानै दर भाउमा माछा बिक्री वितरण गर्ने गराउने निर्णय भएको छ। त्यस्तै बैठकले दिलीप सहनीको संयोजकत्वमा ७ सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ। त्यस्तै आगामी बैठकमा मत्स्य भलाई कोष सङ्कलन र सञ्चालन बारे कार्यविधि प्रस्तुत गर्ने निर्णय भएको जनाइएको छ।
बैठक संघका जिल्ला अध्यक्ष सहनीको अध्यक्षमा र केन्द्रीय संस्थापक अध्यक्ष तुलसीराज गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण