सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१ स्थित सडकमा लु.५६ प ४२४८ नम्बरको मोटरसाइकल र लु.४ त ८४०६ नम्बरको ट्याक्टर एक-आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत कुशीनगर शिवपुर मठिया बस्ने २२ वर्षीय राहुल गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-११ जमुवाडमा लु.१२ प १०९४ नम्बरको मोटरसाइकल लु.१ ख ६६०३ नम्बरको तेल ट्याङ्करमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक म्याग्दी बस्ने ३१ वर्षीय याम प्रसाद विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ, म्याग्दे गाउँपालिका-६ मौरीबजारस्थित सडकमा बा.प्र ०१-००६ ख २८६१ नम्बरको ट्रकले ग.१७ प ६५९७ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार भिमाद नगरपालिका-९ ठामडाँडा बस्ने २६ वर्षीया सुक माया विकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिपी कोइराला श्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको छ । साथै ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण