मोरङबाट १० जना फरार प्रतिवादी पक्राउ
आइतबार, १७ मङ्सिर २०८०, १३ : ३४
मोरङ । मोरङबाट प्रहरीले १० जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । अदालतबाट कैद र जरिवाना ठहर भएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन कुमार दाहालले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा सुजन रानामगर, टेक बहादुर श्रेष्ठ, गोपाल मगर, रोविन कुमार घिमिरे, मेख बहादुर तामाङ, जनकराम कामी, नविन पुरी, रुपेश तामाङ, करण मगत र विपन लिम्बु छन् ।
ईलाका प्रहरी कार्यालय उर्लाबारी, केराबारी र ईप्रका विराट चौकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको डिएसपी दाहालले जानकारी दिए । २०८० साउनपछि मोरङ प्रहरीले २०७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण