नक्कली अन्तःशुल्क स्टिकरसहित व्यापारी पक्राउ
विराटनगर । राजस्व विभागको अन्तःशुल्क स्टिकरसहित एक जना व्यापारीलाई मोरङको धनपालथानबाट प्रहरीले पक्राउ गरेको छ । धनपालथान– ४ कर्सियाबाट प्रहरीले केशव किराना पसलका सञ्चालक ४८ वर्षीय सुनिलकुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
भोला गुट्खालगायतका सुर्तीजन्य पदार्थको ‘प्याकेट’मा प्रयोग हुने स्टिकर दुरुपयोग भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ परेका राजवंशीले कर्सिया बजारदेखि पूर्वी सहरसम्मका सुर्तीजन्य पदार्थमा लगाएको अन्तःशुल्कको स्टिकर भण्डारण गरी राख्ने गरेका थिए ।
उक्त अन्तःशुल्कको स्टिकर अन्य पसलहरूसँग ३ देखि ४ रुपैयाँमा खरिद गर्ने र उनले बुटवलमा रहेको श्री राम उद्योगले उत्पादन गर्ने ‘करेन्ट’ गुट्कामा पुनः प्रयोगको लागि पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले उद्योगलाई ५ देखि ७ रुपैयाँ प्रति गोटा अन्तः शुल्कको स्टिकर विक्री गर्ने गरेको पाएको छ । विगत एक वर्षदेखि उनले यस्तो धन्दा गर्दै आएको खुलेको छ ।
उनको पसलबाट ‘रेडीमेड टोबाक्को’ लेखिएको ३ हजार १ सय ४० थान अन्तःशुल्क स्टिकर बरामद भएको मोरङका डीएसपी रञ्जन दाहालले बताए । उनका अनुसार राजवंशीलाई थप अनुसन्धान एवं कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएको छ । अहिले राजस्व अनुसन्धान कार्यालयले अनुसन्धान सुरु गरेको छ ।
गुट्खा, मदिरालगायतका वस्तु अन्तःशुल्क स्टिकर लगाएर मात्रै बजारमा पठाउन पाइन्छ । त्यसरी प्रयोग भइसकेको स्टिकर उप्काएर पुनः प्रयोगका लागि पठाउने गरेको पाइएको हो । राजवंशीले त्यस्ता स्टिकर स्थानीय व्यापारीसँग पनि सङ्कलन गर्ने गरेको प्रहरीले जनाएको छ ।
स्थानीय व्यापारीबाट सङ्कलन गर्दै आफ्नो घरमा जम्मा पारेर विराटनगरतिर पठाउने गरेका थिए । उद्योगले व्यापारीको पसल– पसल पठाउन गिरोह नै परिचालन गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण