समाचार
निगमका कारणले नेपाल ईयूको कालोसूचीबाट नहटेको होइन : नेपाल एयरलायन्स
आइतबार, १७ मङ्सिर २०८०, १६ : ४६
काठमाडौँ । नेपाल एयरलाइन्सले आफ्नो कारण ईयूको कालोसूचीबाट नेपाल नहटेको समाचार भ्रमपूर्ण भएको बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै एयरलाइन्सले आफ्नो कारण ईयूको कालोसूचीबाट नेपाल नहटेको भन्ने समाचार भ्रमपूर्ण भएको बताएको हो ।
युरोपियन युनियन (ईयू)बाट २९ नोभेम्बर २०२३ मा नागरिक उड्डयन प्राधिकरणलाई सम्बोधन गरेर पत्र लेखेको थियो । त्यसमा नेपाल कालोसूचीबाट नहट्नुको कारण प्राधिकरणको न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरू नेपालमा लागू नभएको कारण स्पष्टसँग लेखिएको विषय निगमले उल्लेख गरेको छ ।
प्रवक्ता रमेश पौडेलले प्राधिकरणलाई लेखिएको पत्रमा स्पष्टसँग लेख्दालेख्दै सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार आएको बताएका छन् । पत्रमा स्पष्टसँग लेखिएकाले पनि ईयूको ‘सेफ्टी लिस्ट’बाट नेपाल नहट्नुमा नेपाल वायुसेवा निगम कारण नभएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण