नयाँ बसपार्क र कलङ्कीबाट यौनधन्दामा लगाइएका ३ नाबालिगको उद्धार

काठमाडौँ । जबरजस्ती यौन धन्दामा लगाइएका ३ जना नाबालिगहरूलाई प्रहरीले उद्धार गरेको छ । कलङ्की र नयाँ बसपार्कबाट ३ जना नाबालिगहरूलाई उद्धार गरिएको मानव बेचबिखन ब्यूरोका एसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए ।
नाबालिगलाई यौन धन्दामा लगाएको आरोपमा ब्यूरोले गेष्ट हाउस सञ्चालिकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ घर भएकी पूजा राना उर्फ सपना तामाङ छिन् । २५ वर्षीया पूजाले नयाँ बसपार्क स्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालन गरेकी छन् ।
मङ्सिर १४ मा उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको एसपी पंगेनीले जानकारी दिए । प्रहरीले उनीविरुद्ध मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । आरोपीले आर्थिक अवस्था कमजोर भएका ग्रामीण भेगका महिलाहरूलाई आकर्षक सुविधा सहित काममा लगाउने आश्वासन दिएर काठमाडौँमा बोलाउने र यौनधन्दामा लगाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
कलङ्की र नयाँ बसपार्कको गेष्ट हाउसमा राखेर ती नाबालिगहरूलाई जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पार्ने गरेको अनुसन्धानबाट थाहा भएको एसपी पंगेनीले जानकारी दिए । पूजा रानाले विगत १० महिनादेखि सो काम गरेको खुलेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले भन्यो - पश्चिमी सीमामा ड्रोन आक्रमण गरियो
-
अवसरवादीले आफूविरुद्ध भ्रम छर्ने काम गरेको प्रचण्डको आरोप
-
स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्न टुँडिखेलमा मानव साङ्लो (तस्बिरहरू)
-
सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छ : महर्जन
-
छ महिनापछि घर फर्किए टिंकरवासी
-
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना