हेटौंडामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
आइतबार, १७ मङ्सिर २०८०, २१ : ३७
हेटौंडा । मकवानपुरको हेटौंडामा सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । हेटौंडा–१६ स्थित पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार ट्याक्टर व्याक गर्ने क्रममा अनियन्त्रित भएर ट्याक्टर भिरबाट खस्दा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहले जानकारी दिए ।
आइतबार दिउँसो ३ः३० बजेको समयमा पानीस्वारामा मधेश प्रदेश ०३००१ त ६९८७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई भिरबाट ३०० मिटर तल खसेको उनले बताए ।
उनका अनुसार दुर्घटनामा ट्याक्टर चालक बारा जिल्ला निजगढ–१३ का २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा सवार सोही स्थानका ५६ वर्षीय जीतबहादुर थिङ रहेका छन् । उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण