महासमिति बैठक हुनेमा नेता तथा कार्यकर्ताकै आशंका
काठमाडौँ । नेपाली कांग्रेसको विधानअनुसार १४औं महाधिवेशनपछिको दुई वर्षमा महासमिति बैठक दुई पटक भइसक्नुपर्थ्यो । तर यस अवधिमा उसले एउटा पनि महासमिति बैठक गर्न सकेको छैन । राजनीतिमा जसको नीति उसकै नेतृत्व भनिन्छ ।
महाधिवेशनपछिको सबैभन्दाशक्तिशाली निकाय महासमितिबाट कांग्रेसले नयाँ नीति तथा कार्यक्रम तय गर्ने परम्परा छ । पछिल्ला दिनमा पार्टीको विचार, सिद्धान्त र कार्यक्रम होइन, मनी तथा मसल' का आधारमा कांग्रेसमा 'पोजिसन होल्ड' गर्ने प्रवृत्ति मौलाउँदै गएको छ ।
कांग्रेसले यसअघि महासमिति बैठकका लागि पूर्वनिर्धारित मिति दुईचोटि सारेको छ। उसले पछिल्लो पटक पुस १६ गतेदेखि ललितपुरमा महासमिति बैठक गर्ने भनेको छ। तर तेस्रो पटक तोकिएको मितिमा पनि कांग्रेस महासमिति बैठक हुनेमा नेता तथा कार्यकर्ताले नै आशंका गर्दै आएका छन् । त्यसका लागि पार्टीका पदाधिकारीले न्यूनतम तयारीसमेत नथालेकाले यस्तो आशंका उत्पन्न भएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण