गजल : भविष्यको खोजीमा सिमाना पार
सोमबार, १८ मङ्सिर २०८०, १० : ०६
भविष्यको खोजीमा सिमाना पार हुन सक्छ ।
समय परिस्थितिमा अल्झेर लाचार हुन सक्छ ।
उसले देश चिन्छ, देशले उसलाई चिन्दैन
चिन्नेले स्वागत गर्न हतार हुन सक्छ ।
फूल खोजी खोजी रस जम्मा गर्ने
अति मेहनती माउरीको घार हुन सक्छ ।
दुरुपयोग गर्नेलाई करेन्टको ज्यानमारा झट्का होला ।
सदुपयोग गर्नेलाई बत्ति बाल्ने तार हुन सक्छ ।
मानव जातिको साझा भूमिमा रोकतोक किन रु
संसार अन्वेषण गर्ने सपनाको हार हुन सक्छ १
उन्नत समाजको परिकल्पनामा उच्चतम प्रविधि जान्न
विश्वभर अध्यनरत युवाहरूको चित्कार हुन सक्छ ।
कागजमा विदेशी होला मन त नेपाली नै हुन्छ
पर्यटक भएर पनि देश फर्कने विचार हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारम्बार दुर्गन्धित वायु प्रवाह हुनु कलेजो बिग्रिएको सङ्केत हो ?
-
चार वर्ष बित्दा पनि बनेन पुल, यात्रीलाई सास्ती
-
नोर्ड स्ट्रिम पाइपलाइन विस्फोट प्रकरण : युक्रेनी नागरिकविरुद्ध जर्मनीमा मुद्दा दायर
-
म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
-
‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण