शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संसदीय समितिहरूमा एनसेलको मुद्दा उठाउन रास्वपा सांसदहरुको माग

मङ्गलबार, १९ मङ्सिर २०८०, ०९ : २०
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । एनसेलको सेयर खरिद बिक्री प्रकरणमा अनियमितता भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसदीय समितिमा थप छलफल गर्नुपर्ने माग गरेका छन् । मलेसियन टेलिकम कम्पनी आजियाटा ग्रुपले एनसेलमा रहेको आफ्नो स्वामित्वको सम्पूर्ण (८० प्रतिशत) सेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेकाबारे विभिन्न कोणबाट प्रश्न उठेको पार्टीको भनाई छ। 

पार्टीका अनुसार सार्वजनिक तहबाट उठाइएका प्रश्नहरूलाई संसद्को सार्वजनिक लेखा समितिले पनि जायज ठानेर नेपाल दूरसञ्चार प्राधिकरणसँग जवाफ मागेको छ। संसद्का विभिन्न समितिमा रहेका पार्टीका सांसदले यसबारे थप छलफल र जवाफको माग गरेका हुन् ।

सार्वजनिक लेखा समितिको बैठकमा रास्वपाका सह–प्रवक्ता एवं सांसद मनिष झा एनसेल प्रकरणबारे छानबिनको माग गरेका छन् । त्यस्तै  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रास्वपाकी सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठले विशेष छलफलसहित सरकारले जवाफ दिने वातावरण निर्माणका लागि समितिका सभापतिलाई पत्राचार गरेकी छन्।

यता रास्वपा सांसद गणेश पराजुलीले संसद्‍को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा एनसेलको स्वामित्व परिवर्तन सन्दर्भमा आधारित भएर नीतिगत छलफल चलाउन समितिका सभापति समक्ष माग गरे ।

अर्थ समितिको बुधबार बस्ने बैठकमा रास्वपाका उपसभापति एवं सांसद स्वर्णिम वाग्ले र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकारको जवाफ माग्दै गर्ने पार्टीले जनाएको छ। 

‘यसबारे सत्य–तथ्य पत्ता लगाउन हाम्रा सांसदले जोडदार पहल गरिरहनु भएको छ। र, कथम् यो प्रकरणलाई उपल्लो स्तरमा सामसुम पार्ने नियत देखियो भने हामी जनताबिच लैजान प्रतिबद्ध छौँ,’ पार्टीले जानकारी दिएको छ ।

407085457_336167462456588_6582792606805704914_n407083153_336167375789930_6272574370322321802_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप