५ मिनेटमा ६ लाख थान फोन बिक्री
बेइजिङ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीको रेड्मी फोन निकै चर्चामा रहने गरेको छ । सस्तो मूल्यमा उत्कृष्ट फिचरहरू पाइने भएकोले पनि धेरैको रोजाइमा यो फोन पर्ने गरेको छ । यति बेला कम्पनीको अर्को एउटा फोन पनि चर्चामा छ । शाओमी रेड्मी के७० सिरिज ।
यो सिरिजमा रेड्मी के७०इ, के७० र के७० प्रो छ । फोन लञ्च हुने बित्तिकै चर्चामा छ । यसको विक्रीले पनि यही भन्छ । गिज्मो चाइनाको रिपोर्टअनुसार पहिलो दिन नै फोनको रेकर्ड विक्री शुरु भएको छ । फोनको विक्री शुरु भएको ५ मिनेटमा ६ लाख थान फोन बिकेको थियो ।
विक्री शुरु भएको मात्रै ५ मिनेटमा सो सङ्ख्यामा के७० सिरिज विक्री भएको थियो । विक्रीको यो आकार सन् २०२२ मा रेड्मी के६० को सिरिजको तुलनामा दोब्बर हो । यो फोन चीनमा लञ्च गरिएको थियो । रेड्मी के७०ई यो सिरिजको किंग मोडल हो । यो फोनमा क्वालकम स्न्यापड्र्यागन ८ जेन ३ प्रोसेसर छ । रेड्मी के७० मा भने स्न्यापड्र्यागन ८ जेन २ प्रोसेसर छ ।
अन्य स्पेशिफिकेशन
फोनमा ६.६७ इन्चको ओएलईडी २के स्क्रिन छ । यसमा १२० हर्जको रिफ्रेश रेट छ । फोनको पछाडिपट्टी तीन ओटा क्यामरा सेट छ । यसमा ५० एमपीको प्राइमरी क्यामरा, ५० एमपीको पोर्टेबल क्यामरा र १२ एमपीको अल्ट्रावाइड एंगल सेन्सर छ । फोनमा १६ एमपीको सेल्फी क्यामरा छ । फोनमा ५ हजार एमएएचको ब्याट्री छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण