घाँटी थिची पतिको हत्या
मङ्गलबार, १९ मङ्सिर २०८०, १६ : ३४
उदयपुर ।पतिको हत्या गरेको आरोपमा उदयपुरमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै पति ६० वर्षीय श्यामकुमार राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निरकुमारी रैनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
श्याम गत शनिबार साँझदेखि हराई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले खोजी सुरु गरेको थियो । अनुसन्धान गर्ने क्रममा निर कुमारीले घरायसी बिवादको कारण श्यामको घाँटी थिची हत्या गरेको खुल्न आएपछि उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार श्यामको शव घर नजिकै जंगलमा माटोले पुरी स्याउलाले छोपिएर राखेको अवस्थामा फेला परेको थियो र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण