उपप्रधानमन्त्री श्रेष्ठको अवस्था सामान्य, केही दिन अस्पतालमै रहने
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा श्रेष्ठको 'एन्जियोप्लास्टी सर्जरी' गरिएको छ।
असोजको अन्तिम साता उनी चीनको भ्रमणमा रहेको बेला मुटुमा 'एक्युट मायोकार्डियल इन्फेक्सन' भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक 'कोरोनरी एन्जियोग्राफी' गर्दा 'ओन्टस मार्जिनल' शाखामा अवरोध देखिएको थियो।
उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको बताइएको छ।
मुटुमा हल्का असहज महसुस भएपछि गएराति उनी अस्पताल भर्ना भएको प्रेस सहयोगी कमल गिरीले जानकारी दिए । डा. अरुण मास्के सहितको चिकित्सक टोलीले केही अवरोध रहेको भागमा राति नै 'एन्जियोप्लास्टी सर्जरी' गरीसकेको र हाल उनी सघन उपचार कक्षमा उपचाररत रहेको उनको भनाइ छ । स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको अस्पताललाई उदृत गर्दै उनले जानकारी दिए। चिकित्सकका अनुसार उनलाई तीन देखि पाँच दिनसम्म अस्पतालमै राखिने छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहानै अस्पताल पुगि उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनीहरूबीच सामान्य कुराकानी समेत भएको छ। चिकित्सकको सल्लाहअनुसार अन्य भेटघाट बन्द गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण