बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अस्थायी सरकार निर्माण र गोलमेल सम्मेलन सम्बन्धमा वैद्यको पार्टीले अन्तरक्रिया गर्दै

बुधबार, २० मङ्सिर २०८०, १९ : ३५
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अस्थायी सरकार, गोलमेल सम्मेलनलगायत विषयमा अन्तरक्रिया गर्ने भएको छ ।

असोज तेस्रो साता सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले पारित गरेको नयाँ कार्यनीतिको आधारमा अध्यक्ष मोहन वैद्यले कार्यपत्र प्रस्तुत गर्ने पार्टीले जनाएको छ ।

बिहीबार साढे १२ बजे जमलमा हुने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल आहुती लगायत नेताहरूले टिप्पणी गर्ने कार्यसूची छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप