अस्थायी सरकार निर्माण र गोलमेल सम्मेलन सम्बन्धमा वैद्यको पार्टीले अन्तरक्रिया गर्दै
बुधबार, २० मङ्सिर २०८०, १९ : ३५
काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अस्थायी सरकार, गोलमेल सम्मेलनलगायत विषयमा अन्तरक्रिया गर्ने भएको छ ।
असोज तेस्रो साता सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले पारित गरेको नयाँ कार्यनीतिको आधारमा अध्यक्ष मोहन वैद्यले कार्यपत्र प्रस्तुत गर्ने पार्टीले जनाएको छ ।
बिहीबार साढे १२ बजे जमलमा हुने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल आहुती लगायत नेताहरूले टिप्पणी गर्ने कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण