रुपन्देहीमा ११ लाख बराबरको चिनीसहित गाडी नियन्त्रणमा
बुधबार, २० मङ्सिर २०८०, २१ : ५६
बुटवल । रुपन्देही प्रहरीले अवैध चिनीसहित बोलेरो पीकअप भ्यानलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको टोलीले मायादेवी गाउँपालिका–५ स्थित पर्सहवाबाट बुधवार ५६ बोरा चिनीसहित गाडी नियन्त्रणमा लिएको हो ।
बुटवल उपमहानगरपालिका–२ का ३२ वर्षीय ईश्वर भुसालले चलाएको लु २ च २४ नम्बरको पीकअपमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याइएको चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोहर प्रसाद भट्टले चिनी र गाडीसहित अन्दाजी मूल्य रु ११ लाख ८२ हजारको रहेको बताए । प्रहरीले सो गाडीमा सवार बुटवल–१३ का २० वर्षीय अर्जुन कुँवरलाई पनि पक्राउ गरेको छ ।
पक्राउ परेका मानिस, बरामद चिनी र गाडी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती विधेयकबारे कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयबिच टसल
-
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
-
सरकारका १०० दिनः कर्मचारीलाई १५ दिनमा तलबदेखि पेन्सनमा राहतसम्म
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण