नयाँ अनुहारको भरमा एक दिवसीय शृंखलामा बङ्गलादेशलाई चुनौती दिँदै न्युजिल्यान्ड
काठमाडौँ । न्युजिल्यान्डले निकट भविष्यमा हुने बंगलादेशविरुद्धको एक दिवसीय क्रिकेट शृङ्खलाका लागि आफ्नो टोलीको घोषणा गरेको छ । बंगलादेशविरुद्धको एक दिवसीय शृङ्खलाका लागि घोषित न्युजिल्यान्डको टोलीमा तीनजना नयाँ खेलाडीलाई स्थान दिइएको छ ।
किविज टोलीमा अलराउन्डर जोस क्लर्कसन, तीव्र गतिका बलर विल ओरोर्क र लेग स्पिनर आदी अशोकले पहिलो पटक स्थान पाएका हुन् । १३ सदस्यीय किविज टोलीको नेतृत्व भने अनुभवी खेलाडी टम लाथमले गर्नेछन् ।
हालै सम्पन्न विश्वकपमा सेमिफाइनलसम्म पुगेको न्युजिल्यान्डले केही अनुभवी खेलाडीलाई भने आराम दिएको छ । नियमित कप्तान केन विलियम्सन, टिम साउथी, ड्यारल मिचेल, मिचेल सान्टनर, ग्लेन फिलिप्स र डेभोन कनवेलाई बंगलादेशविरुद्धको शृङ्खलाका लागि टोलीमा समावेश गरिएको छैन ।
यसका अतिरिक्त अन्य केही अनुभवी खेलाडी पनि स्वास्थ्य समस्याका कारण न्युजिल्यान्डको टोलीमा परेका छैनन् । माइकल ब्रासवेल, म्याट हेनरी, लोकी फर्गुसन, जेम्स निसाम, बेन लिस्टर र हेनरी सिपलीलाई स्वास्थ्य समस्याका कारण टोलीमा समावेश नगरिएको हो ।
ब्रासवेल कुर्कुच्चो, हेनरी ह्यामस्ट्रिङ, फर्गुसन कुर्कुच्चो, निसाम खुट्टाको गोली गाँठो, लिस्टर ह्यामस्ट्रिङ र सिपली पिठ्यूँको समस्याबाट पिडीत छन् । अर्का प्रभावशाली खेलाडी ट्रेन्ट बोल्टलाई पनि टोलीमा समावेश गरिएको छैन । व्यक्तिगत कारणले उनलाई टोलीमा समावेश नगरिएको बताइएको छ ।
२१ वर्षीय अशोकले यसअघि देशका लागि टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेलिसकेका छन् । उनले बङ्गलादेश भ्रमणका क्रममा दोस्रो र तेस्रो एक दिवसीय मात्र खेल्नेछन् । उनले संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमार्फत टी—२० अन्तर्राष्ट्रियमा ‘डेब्यू’ गरेका थिए ।
अशोकको स्थानमा पहिलो एक दिवसीय खेलमा लेग स्पिनर ईश सोढी उपस्थित हुनेछन् । दोस्रो र तेस्रो एक दिवसीयमा भने सोढी अनुपस्थित रहने बताइएको छ । अशोकले ‘लिस्ट ए’ खेलमा हालसम्म २४ विकेट लिइसकेका छन् ।
यसैगरी पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टोलीमा परेका २६ वर्षीय क्लर्कसनले हालसम्म ६८ वटा ‘लिस्ट ए’ खेल खेलिसकेका छन् । ‘लिस्ट ए’ खेलमा उनले ३२.३७ को औसत र ९९.४८ को ‘स्ट्राइक रेट’ मा रन बनाएका छन् । उनी मध्यमतेज गतिका बलर पनि हुन् ।
बंगलादेशविरुद्धको खेलका लागि घोषित न्युजिल्यान्डको टोलीमा टम लाथम (कप्तान), आदी अशोक, फिल एलन, टम ब्लनडेल, मार्क च्याम्पम्यान, जोस क्लर्कसन, ज्याकोब डफी, कायले जामिसन, एडम मिलने, हेनरी निकोल्स, विल ओरोर्क, रचिन रविन्द्र, ईश सोढी र विल योङ् रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण